रवि-बालेनले घिसिङसँग निर्णायक छलफल गर्दै

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग सहकार्यका लागि पुनः छलफल थालेका छन्। आइतबार रास्वपामा प्रवेश गरेका बालेन र लामिछानले आइतबार राति घिसिङसँग पार्टी एकताबारे छलफल गरेका थिए । तर छलफल निष्कर्षमा नपुगेपछि तीन वटै नेताबीच सोमबार पनि छलफल हुँदैछ ।…