काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवाले स्थानीय तहमा विभिन्न पदपूर्तिका लागि गरिएको विज्ञापन स्थगित नहुने बताएका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकमा मन्त्री पण्डितले लोकसेवाले गरेको विज्ञापन संविधान र प्रचलित कानूनबमोजिम नै रहेको दाबी गरे । उनले भन,े ‘स्थानीय तहमा पदपूर्तिका लागि गरिएको विज्ञापन संविधान तथा प्रचलित कानूनबमोजिम भएको र लोकसेवा…