आफ्नो घरबेटीको प्रसंग उठेपछि प्रचण्डले भने, ‘मुलुकमा ६-८ ठेकेदारको एकाधिकार छ’

काठमाडौँ— पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोड्नु पर्ने भएका छन्। ‘केही ठेकेदारको एकाधिकार तोड्ने ढंगले सरकार अगाडि नबढ्ने हो भने हामीले जतिसुकै राम्रा र मिठा कुरा गरे पनि जनताले देख्नेगरी समृद्धि आउन कठिन छ,’ शनिबार नुवाकोटमा आयोजित पोष्टबहादुर बोगटी स्मृति कृषि मेलालाई सम्बोधन गर्दै…