अख्तियारको सञ्चार विज्ञमा पत्रकार अधिकारी नियुक्त

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको सञ्चार विज्ञमा लेखक तथा पत्रकार शरद अधिकारीलाई नियुक्त गरेको छ । आयोगको जनसम्पर्क तथा सञ्चारलाई अझ फराकिलो बनाउने उद्धेश्यका साथ अधिकारीलाई सञ्चार विज्ञमा नियुक्त गरेको आयोगले जनाएको छ । राष्ट्रिय सुरक्षा, नेपाली डायस्पोरा, सामाजिक विषयबस्तु तथा सुशासन लगायत मानवीय अभिरुचिका विषयमा उनले दुई दशकदेखि निरन्तर कलम चलाउँदै आएका…