टुटलको भ्याट ठगीको छानबिन थाल्यो आन्तरिक राजश्वले

काठमाडौं– आन्तरिक राजश्व विभागले राइड सेयरिङ कम्पनी टुटलले मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता नभई उपभोक्ताबाट कर उठाएको विषयमा छानबिन थालेको छ। टुटलले स्थायी लेखा नम्बर प्यानका भरमा मात्रै व्यवसाय सुरु गरेपनि यात्रुसँग १३ प्रतिशत भ्याट पनि असुलेको खबर सार्वजनिक भएपछि छानबिन थालिएको हो। विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलका अनुसार दर्ता नभई भ्याट उठाएको पाइए उक्त कम्पनीमाथि…