समृद्धिको शर्तः स्वच्छ वायु, स्वस्थ जीवन-मन्त्री बस्नेत

काठमाडौं—वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बढ्दो शहरीकरणसँगै प्रदूषण बढेकाले समृद्धिको शर्तका रुपमा ‘स्वच्छ वायु, स्वस्थ जीवन’को नारा अघि सारिएको बताएका छन्। यस वर्षको सप्ताहव्यापी विश्व वातावरण दिवस समापन समारोहमा उनले स्वच्छ वायुमा बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने आवश्यकता औँल्याए। ‘प्रदूषकलाई जिम्मेवार बनाउने संविधानको सिद्धान्तमा ध्यान दिएर अबका कार्यक्रम बन्नुपर्छ, वातावरण संरक्षणलाई अभियानको रुप दिई एकीकृत…