काठमाडौं - प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश भइसकेको तर्क गर्दै सोमबार बृहत् पूर्ण इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार सर्वोच्चमै उपस्थित थिए । तर, उनको इजलास तोकिएको थिएन । इजलास तोकिएका सातसहित जम्मा आठ न्यायाधीशले मंगलबार आफ्नो अनुपस्थिति जनाए । वरिष्ठतममध्येका न्यायाधीश दीपकराज जोशी बिदामा भएपछि मंगलबार संयुक्त इजलास पनि प्रभावित भयो भने न्यायाधीश चोलेन्द्र दिनभर…