काठमाण्डु– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले ओली सरकार प्राविधिक रूपमा मात्र भएको बताएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यो सरकार जनताको मनमस्तिष्कबाट विस्थापित भइसकेको बताएका हुन् । सापकोटाले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा ‘जालसाजी’ भएको भन्दै गम्भीर आपत्ति भएको बताए । समितिमा…