मासु र रक्सीले बढायो पेटको क्यान्सर

काठमाडौं – पाटन अस्पतालमा कार्यरत ३१ वर्षीया सकुनी श्रेष्ठ यतिखेर पेट (आमशय) क्यान्सरले ग्रसित छिन् । आफू स्वास्थ्यकर्मी भएकाले यति छिटो क्यान्सर भइहाल्ला भन्ने उनको सोच थिएन । उनले बढीजसो महिलालाई हुने पाठेघरको क्यान्सरबाट सतर्क रहन पाठेघरको नियमित चेकजाँच गराइरहेकी थिइन् । तर पेटमा समस्या देखिँदा उनलाई ग्याष्ट्रिक भयो होला भन्ने लाग्यो। २२ महिनाअघि जाँच…