काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले सुलभ दरमा औषधि आपूर्तिको व्यवस्था प्रभावकारी रूपमा सञ्चालन गर्न भनेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गरी औषधि आपूर्तिको व्यवस्था प्रभावकारीरुपमा सञ्चालन गरी भविष्यमा उपभोक्ता अधिकारलाई सीमित गर्ने किसिमको बजार गतिविधिलाई तत्काल नियन्त्रण गरेर उपभोक्ताको अधिकारको पूर्णतः सम्मान र संरक्षण गर्ने प्रभावकारी व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो। आयोगका सचिव वेद भट्टराईले…