सोमबार कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्ने

काठमाण्डु– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने छ । सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको सचिव दिनेश थापामगरले बताए ।