काठमाण्डु- पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मूल्य बढाएको हो । मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्यसूचीअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटिर…