काठमाण्डु – उच्च अदालत पाटनले काठमाण्डु महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । ‘२०८२ जेठ २० गतेको निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा…