संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य हुन्छ : सचेतक बर्ताैला

काठमाण्डु – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयास भइरहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदलाई पेलेरै अघि बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहेको बताए ।…