काठमाण्डु – राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले भोलि सोमबार काठमाण्डु उपत्यका बन्दको घोषणा गरेको छ । समितिका संयोजक नवराज सुवेदीले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि सोमबार उपत्यका बन्दको घोषणा गरेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद दिपक सिंहलाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित राजावादी संघसंस्थाले आन्दोलन चर्काउँदै लैजाने भएका छन्…