काठमाण्डु – नेकपा माओवादी केन्द्रले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि योजनाबद्ध रूपमा काम गर्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको प्रचार तथा प्रकाशन विभाग र विपद् व्यवस्थापन विभागको संयुक्त बैठकले विपद्का समयमा सूचना संकलन र सम्प्रेषण तथा विपद्पछिको राहत र पुनःस्थापनाका विषयमा एकीकृत योजना लागू गर्ने निर्णय गरेको छ…