राष्ट्रियसभा अध्यक्षद्वारा कार्यकक्षमै पुगेर समितिका सभापतिसँग भेटवार्ता

काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाअन्तर्गत संसदीय समितिहरूका सभापतिहरूलाई भेटेर काम, कारबाही र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिएका छन् । सभापतिहरूको कार्यकक्षमा पुगेर उनले समितिको बैठक कक्षको अवस्था, व्यवस्थापकीय समस्या, काम गर्दा आइपर्ने अप्ठ्यारा लगायतका विषयमा जानकारी लिए । अध्यक्ष दाहालसँगै राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, सचिव डा. सुरेन्द्र अर्याल लगायतको टोली विधायन व्यवस्थापन…