काठमाण्डु – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भइरहेका बेला कतिपयले सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबीच खटपट भएको अड्कल गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसको खण्डन गरेका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गभर्नर नियुक्तिमा प्रधानमन्त्रीका कारण ढिलाइ नभएको प्रस्टीकरण दिँदै प्रतिरक्षा गरे । राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा…