काठमाण्डु – वरिष्ठ साहित्यकार एवं गीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको उनीनिकट सञ्चारकर्मी राजकुमार दाहालले जानकारी दिए । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । रसिककी छोरी बेलायतबाट भोलि सोमबार नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने भएको छ । अहिले उनको शव टिचिङ अस्पताल महाराजगञ्जमा…