काठमाण्डु – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा परराष्ट्रमनत्री बनेपछि रिक्त प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति चयन प्रक्रिया अगाडि बढेको छ । सभापति चयन गर्ने कार्यतालिका सार्वजनिक भएपछि समिति सदस्य रहेकी नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दिएकी छन् । सोमबार थापाले उम्मेदवारी दर्तामा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका…