महेन्द्रनगर - हुलाकी राजमार्ग केन्द्रित जनतासँगको अभियानका क्रममा कञ्चनपुरको बेलडाँडी गाउँपालिका पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेखुस बनेका छन् । अघिल्लो निर्वाचनमा बुहारी बिना मगरले चुनाव जितेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रममा सहभागी संख्या न्युन भएपछि उनी कार्यक्रमलाई सम्बोधन नै नगरी हिँडेका छन् । बेलडाँडी पुगेर…