काठमाण्डु - बाढीले डाइभर्सन बगाएपछि काठमाण्डु–हेटौडा जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ । गएरातिको पानीले बागमती खोलामा बाढी आएर डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट गाडी सञ्चालन हुँदै आएको थियो । बाढीले बगुवा खोलाको डाइभर्सन…