काठमाण्डु– जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको आइतबार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कारागारका जेलर गौरव ढुंगेलका अनुसार मृतक ५४ वर्षीय प्रवीण तामाङ रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ का बासिन्दा हुन् । ठगी मुद्दामा थुनामा रहेका तामाङलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचारकै…