६ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– आइतबार सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । शुक्रबार १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ २० रुपैयाँले घटेको छ ।…