काठमाण्डु – प्रतिनिधिसभा बैठक फागुन ३० गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक फागुन ३० गते बुधबार बिहान ११ बजेका लागि तोकेका छन् । बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए । नयाँ गठबन्धन बनेपछि सदनलाई दलीय आधारमा सम्बोधन गरिएको थियो ।