राष्ट्रपतिलाई बुझाइयो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

काठमाण्डु - निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम…