इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न कुलमानको माग

काठमाण्डु - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् । कर्णाली प्रदेशस्तको प्रथम अगुवा कार्यकर्ता भेलामा सहभागी हुन सुर्खेत पुगेका उनले विशेष सहुलियत घोषणा गरेर मूल्य वृद्धि फिर्ता लिनुपर्ने बताए ।…