काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न आफ्ना प्रतिनिधिहरू पाकिस्तान जाने बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोष्ट सेयर गर्दै वार्ताका लागि आफ्ना प्रतिनिधिहरू भोलि (सोमबार) पाकिस्तानको इस्लामाबाद पुग्ने बताएका हुन् । उनले पोष्टमा लेखेका छन् 'मेरा प्रतिनिधिहरू पाकिस्तानको इस्लामाबाद जाँदैछन् उनीहरू भोलि साँझ त्यहाँ वार्ताका लागि पुग्नेछन्।'…