गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट गराउने तीन जना पक्राउ

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन कार्यकर्ता पक्राउ परेका छन् । पूर्व सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराएको आशंकामा प्रहरीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीका लक्ष्मण सेठी, कालिकोटका टेक लुहार र कैलालीका अमृत कुमाल रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए…