बिष्टको घाँटीबाट दुई तोलाको सिक्री लुटियो

काठमाडौं – काठमाडौंमा एक बृद्ध महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको छ । बुढानिलकण्ठ नगरपालिका–९ निलोपुल बस्ने ७४ वर्षीया उषा बिष्टको साथबाट करिब दुई तोलाको सुनको सिक्री मंगलबार साँझ लुटपाट भएको छ । निलो पुलस्थित तरकारी बजारमा तरकारी किनिरहेकी बिष्टले घाँटीमा लगाएको सिक्री नम्बर नखुलेको स्कुटरमा सवार २ जना अपरिचित ब्यक्तिले लुटी फरार भएको बताइएको छ…