काठमाण्डु– बूढानीलकण्ठबाट प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको हो । अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो । प्रहरीले…