काठमाण्डु – नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले भक्तपुरबाट सुनचाँदी पसल सञ्चालकलाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक भक्तपुर नगरपालिका–७ बस्ने ३० वर्षीय सोहिल शाक्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली १ हजार र ५०० दरका नोट…