काठमाण्डु- सरकार र आन्दोलनरत शिक्षकबीच शनिबार निर्णायक वार्ता हुँदैछ। शिक्षा मन्त्रालयले शनिबार नै शिक्षकहरुसँग वार्ता तय गरेको थियो। तर, वार्ताको लागि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधि सिंहदरबार प्रवेश पास नपाएपछि फर्किएका थिए। शिक्षकका प्रतिनिधि हिँडेपछि पास बोकेर शिक्षा मन्त्रालयका सहसचिव र डीएसपी सिंहदरबारको गेटमा पुगेका थिए। मन्त्रालयले भने शुक्रबार कारणवस शिक्षकहरुसँग…