काठमाण्डु- काठमाण्डु महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेका निशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ । महानगरपालिकाका अनुसार २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म सञ्चालन गरिएको अभियानअन्तर्गत २ हजार ७७९ महिलाको एचपीभी परीक्षण गरिएको थियो । अभियानमा सहभागी भएका १ हजार ७ सय रिपोर्टमध्ये ६० जनामा भने एचपीभी पोजेटिभ…