भोलिदेखि माइतीघरमा चिकित्सकको आन्दोलन, धर्नामा आउन संघको आह्वान

काठमाण्डु – नेपाल चिकित्सक संघले भोलि शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिने भएको छ । संघले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै उपत्यकाभित्रका सम्पूर्ण चिकित्सकलाई ११ बजे माइतीघर मण्डला र उपत्यका बाहिराका चिकित्सकलाई जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन आह्वान गरेको छ । चिकित्सा शिक्षा आयोगको १६औं बैठकले गरे अनुरूपको निजी मेडिकल कलेजका आवासीय चिकित्सकको निर्वाह भत्ता पाउने निर्णय…