काठमाण्डु – मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । नुवाकोटको सुर्यगढी गाउँपालिका–२ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–१० बस्ने २७ वर्षीया तुलसा वाग्ले अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले खिमलाल बुढा मगर समेत २ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु र आकर्षक तलब हुने भनी…