काठमाण्डु – संखुवासभा सामूहिक हत्या प्रकरणमा थप अनुसन्धान गर्न प्रहरीको टाली घटनास्थल पुगेको छ । सामूहिक हत्या पछि मारिएकी बुहारी रञ्जना कार्कीको हराइरहेको मोबाइल लोकबहादुरको घरमा फेला परेपछि घटनाको थप अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट अनुसन्धान टोली मादी पुगेको हो । हराएको मोबाइल लोकबहादुरको भाइ नरेशको साथमा फेला परेपछि हत्यामा भाइको संलग्नताबारे अनुसन्धान गर्न…