संखुवासभा – संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली घटनास्थलतर्फ जाने भएको छ । सिआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले घटनाको अनुसन्धानका लागि टोली तयार भइसकेको जानकारी दिए । ‘टोली जान तयार छ, तर मौसमका कारण केही ढिलाइ भइरहेको छ,’ महतोले भने, ‘सम्भवतः आजै टोली…