पर्सा - राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । वीरगंज महानगरपालिका-५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा संचालन भईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय…