काठमाडौं–कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईं घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार घुससहित पक्राउ गरेको हो। बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी…