काठमाण्डु – सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलानरोडबाट सशस्त्र प्रहरीले शुक्रबार विभिन्न किसिमको लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ बस्ने ४२ वर्षीय जीवन राई र भोक्राहा नगरसिंह गाउँपालिका–४ बस्ने २७ वर्षीय महफुज आलमलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड पोष्ट इस्राइलकामदले नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई…