छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाण्डु - मोरङ, कालिकोट, चितवन र भोजपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोकमा एचआर ३८ एक्स २२१० नम्बरको कन्टेनरले को.३० प ९१०३ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार दुई जना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल…