दमौली - पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा शनिबार बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नंको मोटरसाइकललाई आँबुखैरेनी…