काठमाडौं – भ्रमण वर्षको पहिलो दिन आज मुलुक भर नेपाल आएका पर्यटकलाई स्वागत गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ भएको अवसरमा आज नयाँ वर्ष शुरु भएकै दिन काठमाडौं उपत्यका लगाएत देशका विभिन्न ठाउँमा पुगेका पर्यटकलाई माला तथा खादा लगाएर स्वागत गरिएको हो । त्रिभुवन विमानस्थलले बिहानै फ्लाई दुवईबाट काठमाडौं भित्रिएका यात्रुलाई खादा लगाएर…