टेकु अस्पतालमा इमर्जेन्सी सेवा निःशुल्क

काठमाण्डु – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको बताइएको छ । मंसिर १९ गतेदेखि टेकु अस्पतालको इमर्जेन्सीमा शुल्क नलाग्ने अस्पतालले जनाएको छ । नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै…