एजेन्सी – कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूरको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ । लखनऊस्थित सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानमा उपचाररत कनिकाको स्वास्थ्यबारे सबैको चासो रहेका बेला चिकित्सकहरुले भने उनको स्वास्थ्य स्थिर रहेको बताएका छन् । सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानका निर्देशक डा आरके धिमानले कनिकाको स्वास्थ्य स्थिर र सुधारोन्मुख रहेको बताए ।…