रास्वपा महाधिवेशन : चितवनमा ५० करोडको व्यापार

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनले ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय क्षेत्रहरु चलायमान भएका थिए । गत आइतबार उद्घाटन भएको महाधिवेशन आज समापन हुँदैछ । शनिबारदेखि नै प्रतिनिधि, परिवेक्षकहरुले त्यहाँका होटलहरु भरिन थालेका थिए । आवास…