काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले समग्र अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले गृहकार्य गरिरहेको बताएका छन् । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच सोमबार अर्थ समितिमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।…