एजेन्सी – जापानका प्रधानमन्त्री योशिहिदे सुगाले पदबाट राजीनामा दिने भएका छन् । एक वर्ष पहिले प्रधानमन्त्रीमा नियुक्त भएका सुगाले आगामी कार्यकालका लागि प्रतिष्पर्धामा नजाने बताएका छन् । तत्कालिन प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यमा समस्या देखिएपछि राजीनामा दिएका थिए । आबेको राजीनामापछि सुगा सत्तामा आएका थिए । उनले दोस्रो कार्यकालका लागि आफू प्रतिस्पर्धामा नजाने बताएका हुन् ।…