कोरोनाविरुद्धको खोप किन्न सरकारले भत्ता काटेर छुट्यायो ५ अर्ब

काठमाण्डु – सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि ५ अर्ब रुपैयाँ छुट्याएको छ । शुक्रबारको प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब रुपैयाँ विनियोजन गरेका हुन् ।